Thursday, March 28, 2024

कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा ३ किलो चरेससहित एक जना समातिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणीस्थित पैदल हिड्दै गरेका दार्चुला महाकाली नगरपालीका वडा नम्बर–९ दत्तलेक बस्ने ४१ वर्षीय नैनसिंह बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनको साथबाट ३ किलो २९६ ग्राम चरेस फेला परेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार