२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

चुनाव लगत्तै सुरेन्द्र बिष्ट बिरुद्ध अदालतमा मुद्धा दायर गर्ने अख्तियारको तयारीः पत्रकार भण्डारी

प्रकाशित:

Advertisements

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका सुरेन्द्र बिष्ट बिरुद्ध अख्तियारले चुनाव लगत्तै विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको अग्रज पत्रकार खेम भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

आइतवार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै पत्रकार भण्डारीले एमाले कंचनपुरका अध्यक्ष बिष्ट बिरुद्ध जैविक मार्ग, रोयल्टी डीपिआर काण्डको मुद्दा बिशेष अदालत लैजाने निर्णय नै गरिसकेको स्रोतले बताएको भन्दै फेसबुकमा पोष्ट गरेका छन् ।

पत्रकार भण्डारीको स्रोत अनुसार प्रदेश सभा सदस्यका उम्मेदवार तथा एमाले कञ्चनपुरका अध्यक्ष बिष्टका विरुद्ध भीमदत्त नगरपालिकाको मेयर रहदा परेका झण्डै एक दर्जन उजुरीमध्ये ३ वटाको विस्तृत अनुसन्धान सकेर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी सुरु गरेको छ ।

बिष्टलाई नै किटेर परेका एक दर्जन उजुरीमध्ये ९ वटामा अख्तियारले विस्तृत अध्ययन गरिरहेको छ, भने जसमध्ये ३ वटाको अनुसन्धान सकिएको र चुनाव लगत्तै अदालतमा मुद्धा दायर गरिने पक्का स्रोत भेटेको कुरा पत्रकार भण्डारीले लेखेका छन् ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार