Friday, March 29, 2024

कञ्चनपुरमा कांग्रेस प्रति जनताको आर्कषणः प्रति दिन एमाले परित्याग गरि कांग्रेस प्रवेशको लहर

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एमाले परित्याग गरि कांग्रेस गर्नेहरुको संख्या बढ्दै गएको छ । एमाले, राप्रपा लगायतका विभिन्न पार्टीहरु परित्याग गर्दै कञ्चनपुरमा कांग्रेस प्रवेश गर्नेहरुको आकर्षण दिन प्रतिदिन बढ्दो छ ।

पछिल्लो समय कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेस प्रति जनताहरुको आर्कषण बढ्दै गएको क्षेत्रिय सभापति केशब बहादुर चन्दले बताए ।

क्षेत्र नं. ३ मा रहेका भीमदत्त र दोधारा चाँदनीमा कांग्रेसका उम्मेदवार प्रति सकारात्मक धारणाका साथ आर्कषण बढेको स्थानीय बताउँछन् । कांग्रेसमा सक्षम र विकासवादी नेता भएकै कारण आफुहरु कांग्रेस प्रति आर्कषित भएको नव प्रवेसी बताउदै आएका छन् ।

शुक्रवार दोधारा चाँदनीमा एक कार्यक्रमका बिच कांग्रेस नेता तथा कञ्चनपुर क्षेत्र नं. ३ का उम्मेदवार रमेश लेखकले एक सय भन्दा बढी व्यत्तिहरुलाई पार्टी प्रवेश गराए ।

प्रवेश गर्नेहरुमा गठबन्धनका पार्टी बाहेकका नेता कार्यक्रताहरु रहेका छन् । त्यस्तै शनिवार दोधारा चाँदनीमा नेकपा एमालेको तर्फबाट स्थानीय तहमा वडाध्यक्षका उम्मेदवार सहित ५० जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

गत बैसाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट दोधारा चाँदनी नगरपालिका वडा नं. ४ बाट वडाध्यक्षका उम्मेदवार रहेका बिरेन्द्र दत्त जोशी लगायत ५० जनाको पुरै टोली एकसाथ नेपाली कांग्रेस प्रवेश गरेको छ ।

कांग्रेसका नेता लेखकले जोशी लगायतको टोलीलाई पार्टीमा साधारण सदस्यता वितरण गर्दै स्वागत गरेको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका जोशीले पार्टीमा संस्कारको राजनीति नभएको हुँदा पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेको बताए ।

उनी संगै दोधारा चाँदनी –४ का ५० जना एमाले नेता कार्यक्रताले कांग्रेस प्रवेश गरेका हुन् । त्यस्तै शनिवार नै दोधारा चाँदनी–९ बडुवाल टोलमा एक सय भन्दा बढी एमालेका नेता तथा कार्यक्रताहरुले कांग्रेस प्रवेश गरेका छन् ।

उनीहरुले कांग्रेस प्रवेश गर्दै एमालेले जनताका दुःख पिडा, मर्का बुझ्न नसकेको बताए । त्यस्तै नेकपा विप्लव कञ्चनपुरका नेताहरुले नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेकपा विप्लव नेतृत्वको विद्यार्थी संगठन एवं अनेरास्ववियू क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष भरत विक र उपाध्यक्ष अनिल घरेडीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसको भीमदत्त–११ मा भएको चुनावी घरदैलो कार्यक्रममा नेकपा विप्लव नेतृत्वको पार्टीका नेताहरुले नेपाली कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस नेता रमेश लेखकले पार्टीमा स्वागत गर्दै साधारण सदस्यता प्रदान गरेका छन् ।

अनेरास्ववियू क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विकले पछिल्लो अवस्थामा शुसाशनको राजनीतिका लागि धार परिवर्तन गरेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार