Saturday, July 27, 2024

गरिब दु:खीका सारथी एन.पी साउँद

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसको भातृ संगठन हो, नेपाल विद्यार्थी संघ अर्थात नेविसंघ । सुदूर पश्चिमबाट देशभर नै नेविसंघको नेतृत्व हाक्ने प्रधानमन्त्री शेर बहादुर देउवा पछिको दोस्रो नेता हुन्, कञ्चनपुरका नारायण प्रकाश (एनपी) साउँद ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुरको महेन्द्रनगरबाट विद्यार्थी राजनीति सुरु गरेका कांग्रेस नेता साउँद ०४८ देखि ०५३ सम्म नेवि संघको केन्द्रीय अध्यक्ष रहेर नेपालको राष्ट्रिय राजनीतिमा दबदबा सुरु गरे ।

नेपाली कांग्रेसबाट ०५६ मा कञ्चनपुर–२ बाट प्रतिनिधि सभामा विजय भएका नेता साउँदले जिल्लाकालागी महत्वपुर्ण कामहरु गरेका छन् । ०५८ देखि ०५९ सम्म शिक्षा राज्यमन्त्री भएमा नेता साउँदले देशभर नै शिक्षाको क्षेत्रमा अग्रगामी कामहरु गरेका छन् ।

उनले ०६३–०६४ मा व्यवस्थापिका संसदमा रहेर काम गरे भने, ०७० सालको दास्रो संविधान सभामा कञ्चनपुर–२ बाट विजय भएका नेता साउँद लगत्तै सिँचाई मन्त्री भए ।

कांग्रेसको विद्यार्थी राजनीतिमा सानै उमेर देखि क्रियाशिल नेता साउँद ०५९ देखि हाल सम्म केन्द्रीय सदस्य रहे काम गर्दै आएका छन् । नेता साँउदले सत्ता तथा पहुँचमा हुँदा कञ्चनपुरका लागि गरेका कामहरु यस्ता छनः

भौतिक पूर्वाधार बिकास योजनाः
झोलुङ्गे पुलः

–कृष्णपुर नगरपालिका–७ शान्तीपुर देखी गेटा जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–कृष्णपुर नगरपालिका–८ मजगै दैखी श्रीलकां जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–कृष्णपुर नगरपालिका–७ शान्तीपुर देखी अत्तरिया झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–कृष्णपुर–७ कार्कीकटान देखी मालादेखी जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–कृष्णपुर–३ चित्रपुर देखी देखतभुली जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–शुक्लाफाँटा– ११ अम्मरपुर देखी बेलडाँडी जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–शुक्लाफाँटा– ११ अम्मरपुर देखी मुक्तशिविर जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–शुक्लाफाँटा–१० कसरौल देखी टोटी ९त्रिपुरेश्वर० जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–बेदकोट–२ जडेपानी हात्तीथला जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–बेदकोट–४ समादैजी घटाल जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न ।
–बेदकोट हुदै पोलखरी जाने झोलुङ्गे पुल निर्माण सम्पन्न ।

पक्की पुलः

–कृष्णपुर मालुबेला गुलरीया साबिकको रैकवार विचवा हुदै धनगढी उपमहा नगरपालिकाको शहिदगेट जोड्ने घोडाघाटबाट मोहना नदीमा ३ स्थान पुल निर्माण सम्पन्न ।
–बेदकोट १ र २ पथरीया खोलामा पक्की पुल निर्माण सम्पन्न ।
–बेदकोट ३ र ४ जोड्ने चौधर पुल निर्माण सम्पन्न ।
–पिपरीया र राजघाट जोड्ने घलघले खोलामा सिगंल स्पान पुल निर्माण सम्पन्न ।
–बिचवा र पिपरीया जोड्ने घलघले खोलामा सिगंल स्पान पुल निर्माण सम्पन्न ।
–कलुवापुर देखी सिमकोट जोड्ने बलुवा खोलामा सिगंल स्पान पुल निर्माण सम्पन्न ।
–कृष्णपुर न.पा. कार्की कटान अत्तरीया जोड्ने मोहना नदीमा डबल स्पान पुल निर्माण सम्पन्न ।
–दैजी–बेलडाँडी (हुलाकी) राजमार्गमा रहेको बलमा नदीमा २०७१–२०७४ भित्र ३ स्पानको ९० मिटर लम्बाई भएको पुल निर्माण सम्पन्न ।
–शुक्लाफाँटाको कलुवापुर– बेलडाँडी (बुडर) नाईल सडकमा पर्ने अनौखी खालामा २ स्पान ८० मिटर लम्बाई पुल २०७१–२०७४ मा निर्माण सम्पन्न ।
–कृष्णपुर– ६ मौरीफाटा (बलुवाफाटा) बन्जरीया जोड्ने खर्साहा खोलामा डबल स्पान पुल निर्माण सम्पन्न ।
–शुक्लाफाँटा २ र ३ जोड्ने सुनवरा नदीमा ३ स्पान पुल निर्माण सम्पन्न ।
–शुक्लाफाँटा– ११ कलुवापुर–बन्साहा जोड्ने चितौरा खोलामा पुल निर्माण सम्पन्न ।
–शुक्लाफाँटा –७ टोटी नालामा शन्तीपुर९कालापानीइ जोड्ने पुल निर्माण सम्पन्न ।
–बेतकोट– ४ चौधर भम्का बगुन जोड्ने पुल निर्माण सम्पन्न ।
–बेदकोट–४ साजगाड खोलामा घटाल थान पुल निर्माण सम्पन्न ।

सडकः

–मालुबेला–गुलरीया–रैवार बिचवा–धनगढी उप महा नगरपालिकाको सहिद गेट जोड्ने २६ किलोमिटर लम्बाई कृषि सडक निर्माणधिन ।
–देखतभुली–वाणी–दामिल्ला–बुडर–नाईल सडक सम्मको निर्माणधिन सडकलाई यथशिघ्र स्तरोन्नती गर्ने ।
–कलुवापुर बजार–दोम्मिला–बुडर–नाईल जोड्ने सडक दण्ड निर्माधिन ।
–सुडा–सिद्धेश्वर मसन्दर–पर्शुराम नगरपालिका सडक खण्ड निर्माधिन ।
खानेपानीः

–कृष्णपुर नगरपालिका अन्तर्गत खानेपानी आयोजनाहरुमा वर्डा नं. २,४,५,६,८,९ मा निर्माणधिन खानेपानीलाई बृहत केन्द्रीत खानेपानी परियोजनामा परिणत गरिने छ ।
–शुक्लाफाँटा न.पा. भित्रका वडाहरुको खानेपानी योजानलाई यथाशिग्रघ सम्पन्न गरिनेछ ।
–सुडा टाउन खानेपानी आयोजना रु ३७ करोडको लागतमा सम्पन्न भई हाल जडीत घरधुरी २,०००। र ३००० घरधुरी जडानको क्रममा रहेको छ ।

शुक्लाफाँटाः

–साविक झलारी–पिपलाडी गाविस लाई शुक्लाफाँटा नगरपालिकामा रुपान्तरण गरी उत्त पालीकालाई एडीबीकोे योजनामा सम्पूर्ण शुक्लाफाँटा समेट्ने गरी हाल बिभिन्न पयिोजना संचानलमा रहेको छ ।                                                –झलारी स्वास्थ्य चौकीलाई स्रोत साधन सम्पन्न सहित ल्याब सेवा लगाएत बिभिन्न स्वास्थ्य सामग्रीको व्यवस्थापन ।
–वडा नं. ११ स्थित सुनवरा सहकारी संस्था मार्फत एम्बुलेन्स प्रदान तथा सेवा संचालनमा आएको छ ।
–अर्जुनी स्थित सर्पदशं भवन निर्माणमा आवश्क बजेट विनियोजन ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार नेता साउँद, यसपटकको चुनावमा दाउ लगाउन जनतामाझ छन् । नेता साउँदका प्रमुख प्रतिस्पर्धी हुन्, नेकपा एमालेका नर बहादुर धामी ।

राष्ट्रिय राजनीतिमा उच्च छवि बनाएका कांग्रेस नेता साउँद सामु एमालेका उम्मेदवार धामी लर्खडाएका छन् । ०७४ को निर्वाचनमा साउँदलाई पराजित गरेर धामीलाई विजयको ताज पहिर्याएका जनता उनी प्रति सशंकित छन् ।

कांग्रेस नेता साउँद आफ्ना प्रष्ट एजेण्डा तथा प्रतिबद्धता र पहिले गरेको कामको सुचि सहित जनता माझ छन् । भने एमाले नेता धामीलाई पाँच वर्ष कामै गर्न नसकेको जनता आरोप लगाइरहेका छन् ।

अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धता र जिते पछि गाउँ नै नफर्केको आरोप सहित नेता धामीलाई एमालेकै कार्यक्रताले टोल प्रवेशमा निशेध गरेका खबरहरु समाजिक सञ्जाल संगै विभिन्न समाचार माध्यमहरुमा समेत छरपस्ट आएका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार