Saturday, July 27, 2024

दोधारा चाँदनीमा एमालेबाट वडाध्यक्षका उम्मेदवार जोशी सहित ५० जना कांग्रेस प्रवेश

प्रकाशित:

महेन्द्रनगर । दोधारा चाँदनीमा नेकपा एमालेको तर्फबाट स्थानीय तहमा वडाध्यक्षका उम्मेदवार सहित ५० जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गत बैसाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट दोधारा चाँदनी नगरपालिका वडा नं. ४ बाट वडाध्यक्षका उम्मेदवार रहेका बिरेन्द्र दत्त जोशी लगायत ५० जनाको पुरै टोली एकसाथ नेपाली कांग्रेस प्रवेश गरेको छ ।

नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर–३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकले जोशी लगायतको टोलीलाई पार्टीमा स्वागत गरेको छ ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका जोशीले पार्टीमा संस्कारको राजनीति नभएको हुँदा पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेको बताए । उनी संगै दोधारा चाँदनी –४ का ५० जना एमाले नेता कार्यक्रताले कांग्रेस प्रवेश गरेका हुन् ।

No description available.

No description available.

ताजा समाचार

सम्बन्धित समाचार