Saturday, July 27, 2024

हल्दुखालका जनताले लेखक, भट्ट र जोशीलाई एकै मालामा बेरेर जनताको पक्षमा काम गर्न आर्शिवाद दिए

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय रमेश लेखक, टेकेन्द्र प्रशाद भट्ट र यज्ञराज जोशीलाई हल्दुखालका जनताले आर्शिवाद दिएका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका ७ हल्दुखालमा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा स्थानीय जनताले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय लेखक, प्रशाद भट्ट र जोशीलाई एकै मालामा बेरेर आर्शिवाद दिएका हुन ।

बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार लेखक, ३ (क) प्रदेश सभा सदस्यका उम्मेदवार भट्ट र काँग्रेस प्रदेशका समानुपातिक उम्मेदवार जोशीलाई जनताले एकै मालामा बेरेर आशिर्वाद दिएका छन ।

स्थानीयले पनि संविधान रक्षा, व्यवस्था जोगाउनेदेखि सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सघाउने बाचा गरेका छन ।

कार्यक्रममा उम्मेदवार त्रय लेखक, भट्ट र जोशीले जनताले दिएको जनताले दिएको मत अनुरुप क्षेत्रको सम्बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जाहेर गर्दै भारीमतका साथ जिताउन आब्हान गरेका छन ।

कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताहरुले भीमदत्त नगरपालिका ७ हल्दुखाल क्षेत्रबाट भारीमत दिलाउने प्रतिज्ञा गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार