Saturday, July 27, 2024

निर्वाचनको मौका छोपी चुरे क्षेत्रमा धमाधम काठ तस्करी

प्रकाशित:

महेन्द्रनगर । कैलाली र कञ्चनपुर जिल्लामा सामुदायिक वन तथा चुरे क्षेत्रमा निर्वाचनको मौका छोपी चुरे क्षेत्रमा धमाधम काठ तस्करी भइरहेको भेटिएको सामुदायिक वनका कर्मचारीहरुले बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चुरे संरक्षण सञ्चालका पदाधिकारी र कर्मचारीले सोमबार अनुगमन गर्दा सालका रूखहरू ढालेर तस्करी भइरहेको भेटिएको हो ।

कञ्चनपुरको वेदकोट नगरपालिका अन्तर्गत गणेश र बत्छेला सामुदायिक वनको उत्तरतर्फ चुरेमा आधा दर्जन सालका रूखहरू काटिएको अवस्थामा भेटिएका हुन् ।

सञ्जालका उपाध्यक्ष मोहन चन्दले तीमध्ये केही रूखहरू तस्करी भइसकेको र सोही क्षेत्रमा केही चिरान भइरहेको अवस्थामा भेटिएको बताए ।

सामुदायिक वनको झन्डै ५ किलोमिटर उत्तरतर्फ कमलताल क्षेत्रमा सालका गोलियासँगै काट्न प्रयोग भएको हाते आरासमेत भेटिएको चन्दले बताए ।

सञ्जालका कर्मचारी करन भट्टले एकै ठाउँमा ६ ओटा रूख काटिएको, आधाभन्दा बढी अन्तै लगिसकिएको उनले बताए । आधा गोलिया बनाएर चिरान भइरहेको देखिएको तर अनुगमनका क्रममा तस्करीमा संलग्नहरू भने नभेटिएको उनको भने ।

उनका अनुसार कञ्चनपुरको बत्छेला र गणेश सामुदायिक वनका उत्तरतर्फ चुरेमा धेरै ठाउँमा रूखहरू काटिएका जानकारी दिए । नयाँ काटिएका मात्रै ४ वटा रूख भेटिएको उनले बताए ।

उनका अनुसार एक साताअघि बत्छेला सामुदायिक वन क्षेत्रमा काठ तस्करी भइरहेको अवस्थामा बरामद भएको थियो । उक्त बरामद भएको काठ पनि सोही क्षेत्रबाट ल्याइएको हुन सक्ने अनुमान गरिएको छ ।

मतदानको दिन नजिकिँदै गर्दा राजनीतिक दलदेखि प्रहरी प्रशासन लगायत सबै कर्मचारी निर्वाचनमा केन्द्रित भएका बेला चुरेमा वन फँडानी भइरहेको हो ।

तर डिभिजन वन कार्यालयका कर्मचारी भने यसतर्फ बेखबर हुने गरेका छन् ।  कतिपय क्षेत्रमा वनकै कर्मचारीको मिलेमतोमा समेत तस्करी हुने गरेको सञ्जालका पदाधिकारीको आरोप छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरलाई समेत जानकारी गराइएको उनले बताए । कमलताल आसपासमा भइरहेको फँडानीको अनुगमनका डिभिजन वनकै कर्मचारी पनि सहभागी भएको उनले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार