Saturday, July 27, 2024

जनताले फेरि सेवा गर्ने पालो दिनेमा ढुक्क छु : एनपी साउद

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउद कञ्चनपुर क्षेत्र नं. २ बाट प्रतिनिसिभाका लागि प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका साउद कांग्रेसको मूल राजनीतिमा अहिले सभापति शेरबहादुर देउवा निकट मानिन्छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कांग्रेसको केन्द्रीय राजनीतिमा उनको बलियो पकड छ । कांग्रेसको भ्रातृ संगठन नेविसंघको अध्यक्ष बन्ने सुदूरपश्चिमका थोरै नेताहरुमा साउद पनि हुन् । छैटौँ पटक संसदीय चुनावमा उठेका साउद ०७४ को हारको बदला लिँदै तेस्रो पटक संसद पस्ने प्रयासमा छन् ।

उनी पहिलो पटक ०५१ को चुनावमा साविक क्षेत्र नम्बर ३ मा एमालेका उर्वादत्त पन्तसँग पराजित भएका थिए । ०५६ मा साविक क्षेत्र नम्बर १ मा उठेका साउदले एमालेका रामकुमार ज्ञवालीलाई पराजित गर्दै संसद पुगेका थिए । यसपटकको चुनावमा उनै साउद वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेर चुनावी मैदानमा छन् ।

मत माग्न घरदैलोमा गइरहनु भएको छ, जनताको प्रतिक्रिया कस्तो छ ?

–जनता गठबन्धनको पक्षमा सकारात्मक छन् । उनीहरु लोकतन्त्रको स्थायित्व, शान्तिको स्थापना र विकासको प्रकृया सुरु भएको हेर्न चाहन्छन् । यसकारण यसले सत्तारुढ गठबन्धनको पक्षमा चुनावी माहोल बढ्दै गएको छ । हामीले ३० वटै वडाका मतदातासँग भेट गर्दा सबै ठाउँमा सकारात्मक माहोल पाएका छौँ । वाम लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित छ ।

तपाईंका मुख्य एजेण्डा के के हुन ?

–विकासको एजेण्डा लिएर अगाडि बढेको छु । क्षेत्र नंं. २ मा विकासका ४-५ वटा चुनौती छन् । पूर्वाधार विकासमा यो क्षेत्र पछाडि परेको छ । नगरपालिका भए पनि बिजुली, सडक जस्ता कुराहरु वडास्तरमा पुग्न सकेका छैनन् । बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकालाई ‘इन्टर लिंक’ गरेर पूर्वाधार विकास प्रक्रियालाई अगाडि बढाउँछु ।

चुरेबाट बग्ने नदीहरुले जनताका घरखेत तहसनहस गरेका छन् । बाढी र डुबानको समस्या छ, त्यसलाई निराकरण गर्ने योजना छ । यहाँ २४ वटाजति आरक्ष, कमैया, हलिया र बाढीपिडित शिविर छन् । सीमान्तकृत समुदाय बस्ने ती शिविरहरुको एकीकृत बस्ती राखेर विकास योजना व्यवस्थित रुपमा चलाउन सकिन्छ ।

सरकारसँगै गैरसरकारी संस्थालाई पनि संलग्न गराएर विकास अगाडि बढाउँछु । करिब ४०-५० वर्षदेखि बसोबास गरेर लालपुर्जा नभएका भूमिहीन बसोबासीलाई लालपुर्जा दिन्छौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा तोकेको राजश्वको ५० प्रतिशत घटाएर लालपूर्जा दिने भूमि आयोगले भनिसकेको छ ।

यसले जनतालाई ठूलो राहत हुने छ । आफ्नो जग्गा आफैँले किनेर लालपुर्जा लिनुपर्ने अवस्था थियो । अब सस्तो शुलभ मूल्यमा जनताले जमीनको स्वामित्व पाउन सक्नेछन् । स्वास्थ्य, शिक्षा, खानेपानीलाई पनि मुख्य एजेण्डा बनाएका छौँ ।

–जनताले पत्याउँछन र पत्याउनुपर्छ । आजभन्दा १०-२० वर्ष अगाडि मुलुकको परिस्थिति एउटा थियो, अहिले हामी अगाडि बढिरहेका छौँ, फेरी अगाडि बढ्ने हो । जनताले विश्वास नगर्नु भनेको आफैँमाथि विश्वास नगर्नु हो, जनताले सकारात्मक कुरालाई प्रोत्साहित गर्नु पर्छ । निर्वाचनमा सकारात्मक मत अभिव्यक्त गर्नुपर्छ । मलाई पूर्ण विश्वास छ, जनताका आशा, अपेक्षा पूरा गर्न सक्छौँ ।

०७४ मा हार्नुभयो, त्यो हारलाई जितमा बदल्ने आधार के हो ?

–यो क्षेत्र कांग्रेसको गढ क्षेत्र हो। कांग्रेस अहिले पनि बलियो छ, यो ठाउँमा। गत निर्वाचनमा दुई ठूला पार्टी एक भएर जाँदा पनि एक्लै कांग्रेसले २५ हजार मत ल्याएको थियो । अहिलेको स्थानीय निर्वाचनमा पनि कांग्रेस यस क्षेत्रमा पहिलो पार्टी छ । एमाले र माओवादी केन्द्र उस्ताउस्तै अवस्थामा छन्, मतान्तर धेरै कम छ ।

माओवादी केन्द्र र नेपाली कांग्रेस मिल्नेबित्तिकै हाम्रो दुवै संगठन बलियो छ, जनता हाम्रो पक्षमा छन् । निर्वाचनमा जित्न गठबन्धनलाई बलियो आधार हाम्रो संगठन पनि हो ।

गठबन्धन दलबीच मत ट्रान्सफरको चुनौती छ, भनिन्छ, यसलाई कसरी चिर्नुहुन्छ ?

–मत ट्रान्सफरको जोखिम न्यून छ। केपी शर्मा ओलीजीको तानाशाहविरुद्ध केन्द्रमा सरकार बनेको हो । अहिले हामी सरकार चलाइरहेका छौँ । गठबन्धनका दलहरु समन्वयमा सँगसँगै काम गरिरहेका छौँ, मतदातामाझ पनि समन्वय भइरहेको छ । त्यसकारण भोट ट्रान्सफरको चुनौती छैन ।

जित्नेमा विश्वस्त हुनुहुन्छ ?

–क्षेत्र नं. २ का जनताको लगातार सेवा गरिरहेको छु । यहाँका जनताको सेवक हुँ । अघिल्लो पटक हारेको थिएँ, त्यसकारण यहाँका जनताले फेरि सेवा गर्ने पालो दिनेमा विश्वास छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार