Saturday, July 27, 2024

चिर्पट प्रहार गरि श्रीमानले गरे श्रमतीको हत्या

प्रकाशित:

महेन्द्रनगर । ओखलढुंगाको सिद्धीचरण नगरपालिका–११ सोब्रुमा श्रीमान रामबहादुर राईले चिर्पट प्रहार गरी ३३ वर्षीया कल्पना खड्का राईको हत्या भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा मादक पदार्थ सेवन गरेका राईले श्रीमतीलाई चिर्पट प्रहार गरेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका घर भई तीन वर्षअघिदेखि यहाँ बसोबास गर्दै आएका आरोपित ६१ वर्षीय राईलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ ७ बजेतिर घटना घटेको भए पनि स्थानीयले प्रहरीलाई शनिबार बिहान मात्रै खबर गरेक थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको र शवलाई कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार