Thursday, April 25, 2024

चितुवासँग मोटरसाइकल ठोकिएर एकजना घाइते

प्रकाशित:

महेन्द्रनगर । बिहीबार राति ९ बजे त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा रहेको क्रिकेट मैदान नजिकै मोटरसाइकल चितुवासँग ठोक्किँदा २३ वर्षिय निशान्त चौधरी घाइते भएका छन् ।

दुर्घटनामा परेर घाइते भएका चौधरीको किर्तिपुर अस्पतालमा उपचार भइरहेको डीएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए । कीर्तिपुर क्षेत्रमा यस अगाडि पनि बारम्बार चितुवा देखा पर्दै आएको थियो ।

तर, पछिल्लो समय विश्वविद्यालय परिसरमा बच्चा सहितको चितुवा देखिने गरेको विश्वविद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘हिजो आज सानो बच्चा सहितको चितुवा देखिन थालेको छ । ’बच्चा सहितको यो चितुवाले कुकुरको शिकार गरेको समेत देखिएको पनि श्रेष्ठले बताए । उनले भने, ‘यो चितुवा यतातिर कुकुर मारिरहेको पनि देखिन्छ ।

’विश्वविद्यालय परिसरमा चितुवा देखिन थालेपछि साँझपख विश्वविद्यालय परिसरमा हिँडडुल गर्न डर लाग्न थालेको श्रेष्ठले बताए । जंगलमा आहाराको कमि भएपछि चितुवा मानव बस्तीतिर आहाराको खोजिमा आउने गरेको जानकार बताउँछन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार