Friday, March 29, 2024

बाइकको ठक्कर बाट सरकारी अधिकृतको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । बाटो क्रस गर्ने क्रममा काठमाडौंको सिंहदरबार अगाडि मोटरसाइकलले ठक्कर दिएर परराष्ट्र मन्त्रालयकी अधिकृत महिला आस्था सुब्बाको निधन भएको छ ।

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते छन् । उनको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले हिजो दिउसो ठक्कर दिएको थियो । तत्काल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार