|
Monday, December 11, 2023

चुनावपछि प्रधानमन्त्री देउवा नै दोहोरिने : डा. महत

प्रकाशित:

महेन्द्रनागर । आज बुटवलमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने र त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीका रुपमा दोहोरिने बताएका छन् ।

नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता डा. महतले एक सय ६५ सिटमध्ये ९१ सिटमा नेपाली कांग्रेसका उम्मेदवार भएकाले अन्य पार्टीभन्दा निश्चितरुपमा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गरे ।

पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदा जनतालाई झुक्याउनेभन्दा अरु नयाँ केही नभएको उनले दाबी गरे ।

नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा रेल चलाउने भनेको आन्तरिक यातायातका लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक नभएको उनले बताए। उनले भने, “हामी ऋण काढेर रेलमा लगानी गर्ने पक्षमा छैनौँ, चल्नसक्ने काम गर्नेछौँ ।”


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार