Saturday, April 20, 2024

भक्तपुरमा १४ वर्षीया बालिकालाई बलात्कार गर्ने एक जना अभियुक्त पक्राउ

प्रकाशित:

महेन्द्रनगर । भक्तपुरमा एक जना १४ वर्षीया बालिका पटक–पटक बलात्कारको शिकार बनेकी छिन् ।

पटक–पटकको जबरजस्ती करणी पछि प्रहरीमा परेको उजुरीका आधारमा बालिकालाई बलात्कार गर्ने एक जना अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सूर्यबिनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्का छन् । उनलाई सोमबार राति प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

खड्काले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार