Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइन सहित चार जना पक्राउ

प्रकाशित:

Advertisements
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडास्थित सडकबाट ९५० मिलिग्राम खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन् ।

कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन सहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–४ झलारी बस्ने २३ वर्षीय हरेन्द्र कुँवर, सोही नगरपालिका–११ कलुवापुरका १८ वर्षीय एक किशोर र कैलाली धनगढी उपमहानगरपालिका–२ मिलनचोक घर भएका २२ वर्षीय सुदिप धामी रहेका छन् ।

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले सोमबार साँझ सु.प.प्र०१–००९ प.९९५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा त्यसमा सवार तीनै जनालाई उक्त लागूऔषध सहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुले सिसैयाको एक जना साथीले भारतीय ड्रग्स डिलरसँग चिनजान गरी खैरो हेरोइन खरिद गरेको बताएका छन् । कम्पोजनगरका ड्रग्स डिलरसँग उनीहरुले खरिद गरेको खुलेको छ ।

‘ड्रग्स डिलरको घरमै गएर लागूऔषध ल्याएको बयान उनीहरुले दिएका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘उनीहरु पनि लामो समयदेखि प्रयोगकर्ता रहेको खुलेको छ।’

बरामद गरिएको मोटरसाइकल पनि उनीहरुले अन्य साथीसँग मागेर ल्याएका थिए ।

यस्तै प्रहरीले कैलालीको टिकापुर नगरपालिका–९ स्थित नेपाल भारत सिमानाका खक्रौला चेकपोष्टबाट २३ ग्राम ४ सय १० मिलिग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

सोही नगरपलिका–१ खड्क चोक बस्ने २५ वर्षीय सुरज चौधरी सोमबार दिउँसो पक्राउ परेका हुन् ।

Advertisements

सुदुरपश्चिम प्रदेश प्रहरी कार्याल र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउने क्रममा साइकलमा बोकेर ल्याएको आलुको बोरा भित्र लुकाएको अवस्थामा उक्त लागूऔषध फेला पारी चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार