Friday, March 29, 2024

भीमदत्त नगरपालिका–१८ सालघारीमा काँग्रेसका बागी सिहले खोले सम्पर्क कार्यालय

प्रकाशित:

महेन्द्रनगर । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर कञ्चनपुर निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले भीमदत्त नगरपालिका–१८ सालघारीमा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

उनले भीमदत्त र दोधाराचाँदनी नगरपालिकाका अधिकांश वडामा सम्पर्क कार्यालय स्थापना गरी सकेका छन् । घरदैलो अभियानलाई समेत उनले तिब्रता दिएका छन् ।

निः शुल्क शिक्षा, स्वास्थ्य, खानेपानीलाई उनले मुख्य चुनावी एजेण्डा बनाएका छन्। ‘हरेक नागरिकले शिक्षा, स्वास्थ्य र खानेपानी निशुल्क पाउनु पर्छ, त्यसका लागि हामी पहल गर्छौ,’ उनले भने, ‘त्योसँगै दिगो विकास निर्माणलाई पनि प्राथमिकतामा राखेको छु।’

एउटै व्यक्ति पटकपटक उम्मेदवार बन्ने र नेतृत्वमा पुग्ने परिपाटीको अन्त्यका लागि आफूले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको उनको भनाई छ ।

‘राजनीति सेवा हो, पेशा होइन्, केही व्यक्तिले राजनीतिलाई पेशा बनाएका छन्, ‘यस क्षेत्रबाट पटकपटक निर्वाचन जित्छन्, तर जनताको लागि काम गर्दैनन् उनले भने ।’

 

 

ताजा समाचार

सम्बन्धित समाचार