Friday, March 29, 2024

खोटाङमा निर्वाचनका लागि ७९२ मत पेटिका तयार

प्रकाशित:

महेन्द्रनगर । मंसिर ४ मा हुने निर्वाचनका लागि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय खोटाङले मत पेटिका तयारी अवस्थामा राखेको छ ।

निर्वाचनका लागि गत स्थानीय तहको निर्वाचनमा प्रयोग भएका र नयाँ गरी ७९२ थान मत पेटिका तयारी अवस्थामा राखिएको हो ।

जिल्लाको १३६ मतदान स्थलका १९४ मतदान केन्द्रमा पाँच वटाका दरले र दुई वटा अस्थायी मतदान केन्द्रमा एकाएक वटाका दरले मत पेटिका प्रयोग हुने जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए ।

प्रत्यक्ष र समानुपातिक मतका लागि प्रतिमतदान केन्द्र चाररचार वटा मत पेटिका प्रयोग हुने भएपनि एकरएक थान मत पेटिका जगेडाका रुपमा मतदान केन्द्रमा पठाइने जिल्ला निर्वाचन कार्यालयले जनाए ।

‘हामीसँग पुरानो मतपेटिका छ । टुटफुट भएका र चर्किएको मत पेटिकाको सट्टा नयाँ मत पेटिका प्रयोग हुन्छ,’ जिल्ला निर्वाचन अधिकारी गौतमले भने, ‘अपुग र थप मत पेटिका कात्तिक १२ गते गाडीमार्फत ल्याइएको छ ।

एक मतदान केन्द्र बराबर पाँच वटा मत पेटिका पठाउने छौं । एक वटा चैं जगेडाका लागि पठाउन लागिएको हो । ’अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कैदीले मताधिकार प्रयोग गर्नेछन् ।

कर्मचारी र सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति र कैदीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र खडा गरिने छ ।

कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र भोट हाल्न पाउने जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइसकेको कार्यालयले जनाए ।

 

ताजा समाचार

सम्बन्धित समाचार