Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

निर्मलाको बलात्कार पछि हत्या हुँदा समेत न्यायका लागि निरुदेवी पालले एक शब्द समेत बोलिन्न : शारदा चन्द

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र ३ स्वतन्त्र प्रतिनिधी सभा सदस्यकी उम्मेदवार शारदा चन्दले मंगलबार आफ्ना चुनावी एजेण्डा सार्वजनिक गर्दै यही क्षेत्रकी १३ बर्षिया अबोध बालिका निर्मला पन्तको बलात्कार पछि हत्या हुँदा समेत न्यायका लागि एमाले नेतृ एव संसद निरुदेवी पालले एक शब्द समेत नबोलेको आरोप लगाएकी छिन ।

निर्मलाको न्यायका लागि पाललाई भेट्न जाँदा निर्मलाको बलात्कारी हत्यारा उनकै बाबु यज्ञराज भएको भन्दै उल्टै थर्काएर पठाएको चन्दले बताइन् ।

‘उतिबेला एमाले नेतृत्वमा सरकार थियो, ‘चन्दले भनिन, ‘निरुदेवी पालले हत्यारा पत्ता लगाउन चाहेको भए लाग्थ्यो, तर चाहनु नै भएन, त्यही भएर अहिलेसम्म हत्यारा थाहा पाई पाई पनि बाहिरा ल्याउन सकेको छैन ।’

यस क्षेत्रबाट पुर्वमन्त्री समेत भएका रमेश लेखकले पनि निर्मलाका न्यायका लागि काँग्रेस सरकार आएपछि नबोलेको उनले गुनासो छ ।

एमाले अध्यक्ष ओली नेतृत्वको सरकार र त्यसपछि आएको काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले निर्मलाको न्यायका लागि केही नगरेको चन्दको आरोप छ ।

‘मेरो मुख्य एजेण्डा निर्मलाकै न्यायका लागि हो, ‘उनले भनिन, ‘निर्मलाका छोरीको न्यायका लागि चुईक्क समेत नबोल्ने अहिले के मुखले भोट मागिरहेका छन ।’

चन्दले निर्मलाका लागि दल, तिनका नेताबाट भएको आन्दोलन फगत स्वार्थ र सत्ताका लागि भएको टिप्पणी छ । ‘निर्मला काण्डपछि तत्तकालिन गृहमन्त्री राम बहादुर थापा (बादल) किन रु ओलीतिर गए, ‘चन्दले भनिन, ‘रहस्य हामीले सबै बुझिसके, भिआईपीका मान्छे जोगाउने खेलभयो ।’

ओली सरकार चोखिनका लागि अनुसन्धानका खटिएका निर्देष प्रहरीलाई बिना कारण कार्बाहीको नाटक गरिएको उनको दुखेसो छ ।

‘ओली र देउवा दुवै सरकारलाई निर्मलाका हत्यारा को हुन, भन्ने थाहा छ, ‘चन्दले ठोकुवा गर्दै भनिन, ‘तर दुवै सत्ताका लागि चुपचाप छन ।’

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार