Saturday, July 27, 2024

कारको ठक्करबाट रूपन्देहीमा एक शिशुसहित तीन जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । रूपन्देहीको ओमसतिया-४ मा छठ पर्व मनाउन घाट जाने क्रममा बिहान ५:४५ बजे कारले ठक्कर दिँदा एक शिशुसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

हुलाकी राजमार्ग अन्तर्गत भैरहवा परासी सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कारको ठक्करबाट मृत्यु हुनेहरूमा ओमसतिया-४ कै १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो ।

दुर्घटनामा शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते छन् । घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाए । ठक्कर दिएको गाडी भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाए ।

 

ताजा समाचार

सम्बन्धित समाचार