Friday, March 29, 2024

बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै लामिछाने विरूद्ध मुद्दा दर्ताको तयारी

प्रकाशित:

महेन्द्रनगर । सोमबार जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछाने विरूद्ध मुद्दा दर्ता तयारी गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको हो । सन्दीप लामिछाने २० असोजदेखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध तीन पटकसम्म म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो ।

बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी भइरहेको स्रोतले बतायो । सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार