Saturday, July 27, 2024

निर्वाचन प्रतिस्पर्धा गर्न नसक्ने देखेपछि पौडेलले पोखरेल विरुद्ध भ्रमपूर्ण झूटो प्रचार गर्दै

प्रकाशित:

महेन्द्रनगर । काठमाडौं निर्वाचन क्षेत्र नं. –५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग राजनीतिक रूपमा निर्वाचन प्रतिस्पर्धा गर्न नसक्ने देखेपछि पौडेलले पोखरेलविरुद्ध भ्रमपूर्ण, अप्रमाणिक र लाञ्छनायुक्त झूटो प्रचार गर्न लागेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पौडेलको अराजनीतिक र  गिरोहपूर्ण शैलीविरुद्ध पोखरेलको सचिवालयले विज्ञप्ति नै जारी गरेर ध्यानाकर्षण भएको जनाएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार रहेको उक्त क्षेत्रमा पौडेलले अनर्गल र झुटो प्रचार गरेको भन्दै त्यसो नगर्न एमालेले सचेततापूर्वक आग्रह समेत गरेको छ ।

‘लोकतन्त्रमा निर्वाचन स्वस्थ प्रतिस्पर्धामार्फत जनप्रतिनिधि छनोट गर्ने एउटा माध्यम हो । निर्वाचनमा आफ्ना मुद्दाहरू जनतासमक्ष लैजाने र त्यसमाथि स्वस्थ छलफल, बहस गर्ने कुरा स्वाभाविक हुन सक्छन् ।

तर, गठबन्धनको नाममा खडा भएको सत्तारुढ समूहले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा त्यसविपरीत निर्वाचनमा हुने प्रतिस्पर्धालाई अस्वस्थ र अमर्यादित प्रतिद्वन्द्वीतामा बदल्ने कोशिस गरिरहेको छ ।

यसप्रति नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी काठमाडौं ५ को गम्भीर ध्यानकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

आफ्ना एजेण्डाहरू प्रस्तुत गर्नुको साटो सत्ता गठबन्धनका उम्मेदवारले गिरोह शैलीमा प्रतिस्पर्धी उम्मेदवारविरुद्ध भ्रमपूर्ण, अप्रमाणिक, झूट र लाञ्छानायुक्त अभिव्यक्ति दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘कतै अभियोजन नभएका र कहिल्यै प्रमाणित हुन नसक्ने यस्ता निकृष्ट लाञ्छनाको खेती बन्द गर्न र राजनीतिक रूपमा प्रस्तुत हुन हामी उक्त पक्षलाई आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी विकास, समृद्धि तथा योजना र संकल्पका बारेमा आफ्ना मुद्दामा खुला छलफल र बहस गर्न सदैव तत्पर छौं ।’

निर्वाचनमा आफ्ना कुरा भन्दा पनि प्रतिस्पर्धी उम्मेदवारविरुद्ध गाली, बेइज्जती गर्दै हिँड्ने कुरा पराजित मानसिकताको उपज भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो गिरोह शैलीमा भइरहेका अनर्गल प्रचारबाट कोही पनि भ्रममा नपर्न आम जनसमुदाय र कार्यकर्ता पङ्क्तिलाई पोखरेलको सचिवालयले आग्रह पनि गरेको छ ।

पौडेलले राजनीतिक प्रतिस्पर्धा गर्न नसकेर फेक आइडीहरूमार्फत पोखरेलको चरित्रहत्या गराएको एमालेको आरोप छ । पौडेलले पराजित मानसिकता देखाएको भन्दै राजनीतिक संस्कार भएका युवा नेता भनेर चिनिएका पौडेलले चुनावका बेला प्रतिस्पर्धीलाई प्रमाणित नभएका आरोप लगाउन थालेपछि उनको छवी आलोचित बन्न थालेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार