महेन्द्रनगर । शनिबार सार्वजनिक गरेको घोषणापत्रमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउन कानुनी व्यवस्था गरिने जनाएको हो ।

नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रमा विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउने कानुनी व्यवस्था गर्ने जनाए ।

‘प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउन तथा विश्वविद्यालयहरूलाई स्वायत्त प्राज्ञिक संस्थाको रूपमा सुस्थापित गर्न आवश्यक कानुनी व्यवस्था गरिनेछ,’ घोषणापत्रमा उल्लेख छ।

कांग्रेसले १५-२४ वर्ष उमेर समूहका महिलाको साक्षरता दर ९२ प्रतिशतबाट ९५ प्रतिशत पुर्याउने जनाएको छ ।विद्यालयमा हाल २८ प्रतिशत इन्टरनेट सेवा पुगेकोमा आगामी ५ वर्षमा ८० प्रतिशत विद्यालयमा यस्तो सेवा पुर्याइ प्रविधियुक्त सिकाइलाई महत्व दिने पनि घोषणापत्रमा उल्लेख गरेको छ ।
त्यस्तै, शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेत्रबाट मुक्त गर्दै संघीय शिक्षा ऐनमा उचित व्यवस्था गरिने समेत जनाएको छ। उक्त ऐन एक वर्षभित्र ल्याउने कांग्रेसको प्रतिबद्धता छ ।