Saturday, July 27, 2024

बागी सिहले खोले लेखकको वडामै सम्पर्क कार्यालय

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले बेदकोट नगरपालिका ८ मा सम्पर्क कार्यालय खोलेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

काँग्रेसका महाधिवेशन प्रतिनिधि सिह काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक विरुद्ध बागी उम्मेदवार भएर चुनावी मैदानमा आएका छन् ।

निर्वाचन क्षेत्रमा चुनाव प्रचारका लागि सम्पर्क कार्यालय खोल्ने क्रममा बेदकोट ८ पनि कार्यालय खोलिएको छ । उम्मेदवार सिह आफैले कार्यालय उद्घाटन गरेका छन् ।

बेदकोट ८ काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखकको वडा हो । उनले सम्पर्क कार्यालय उद्घाटनमा एकै व्यक्ति पटक पटक अवसर पाउने प्रवृत्ति विरुद्ध आफू स्वतन्त्र भएर चुनावी मैदानमा होमिएको बताए ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ क बाट प्रदेश सभा सदस्यका लागि सिफारिश सिह सत्ता गठबन्धनमा छलफल नगरी एकलौटी रुपमा टिकट वितरण गरिएपछि प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका हुन् ।

उनी पार्टीमा विधि प्रक्रिया मिचेर जाने अवस्था देखेपछि स्वतन्त्र उम्मेदवार बन्न पुगेका छन् । सिहले जानकी टोलमा निर्वाचन परिचालनको मुख्य कार्यालय खोलेका छन् । भीमदत्त नगरपालिका २ मा स्वर्गिय निर्मला पन्तको घरमा सिहले सम्पर्क कार्यालय खोलेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार