Saturday, July 27, 2024

कालिकोटमा बम विष्फोट हुदा एक जनाको मृत्यु, चार जना घाइते

प्रकाशित:

कालीकोट । कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए। उनका अनुसार‌ शनिबार बिहान करिब ८ बजेको समयमा बम विस्फोट भएको हो।

यस्तै बम विष्फोटमा परी‌ सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएको उनले बताए । घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ, उनले भने,घाइते बालबालिकाको अवस्था गम्भीर नै छ। कस्तो खालको बम हो, कसले र किन राखेको हो भन्ने बारे अहिलेसम्म कुनै जानकारी समेत भएको छैन ।ु उनका अनुसार‌ प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार