Saturday, July 27, 2024

पालिकामा सन्तोष आएः गाउँमा उज्यालो आयो

प्रकाशित:

महेन्द्रनगर । भिलिमिलीको पर्व हो, दशै तिहार । वर्षभरमा नै सबैभन्दा बढी विद्युत खपत हुन्छ दशैं तिहारमा । सबै तिर झिलिमिलीको माहोल छ, तर कल्पना गर्नुहोस् त, जहाँ विद्युतको पहुँच/प्रसारण छैन्, दशै तिहार जस्ता उल्लासमय पर्वहरुमा त्यो गाउँ सहरको अवस्था कस्तो होला ?

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

त्यस्तै बैतडीको डिलाशैनी गाउँपालिकाको धामीगाउँ बासीले आजसम्म बिना बिजुली बत्ती, बिना झिलिमिली दशै तिहार जस्ता पर्व मनाए । यद्यपी यसपटकको तिहार भने धामीगाउँबासीले उल्लासका साथ मनाउन पाए । उनीहरुले पहिलो पटक बिजुली बत्ती पाए । त्यो पनि झिलिमिलीको पर्व तिहारमा । गाउँमा खुसीयाली छाएको छ ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि वडा नम्बर ७ मा रहेको गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको हो ।

‘उज्यालो डिलाशैनी’ अभियान अन्तर्गत पहिलोपटक गाउँपालिका केन्द्रमा बिजुली ल्याएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए । पालिकाका अन्य ठाउँमा पनि लाइन विस्तारको काम तीव्र पारेको उनले बताए ।

May be an image of 5 people, people sitting and outdoors

May be an image of 3 people, people standing and outdoors

ताजा समाचार

सम्बन्धित समाचार