Saturday, July 27, 2024

कंचनपुर-३ का वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको घरदैलो कार्यक्रम

प्रकाशित:

महेन्द्रनगर । बुधबार बिहानै कञ्चनपुर निर्वाचन क्षेत्र ३ अन्र्तरगत भीमदत्त नगरपालिका बजार क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले घरदैलो गरेका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय रमेश लेखक र टेकेन्द्र प्रशाद भट्ट सहित गठबन्धनका नेताहरुले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार क्षेत्रमा घरदैलो गरेका हुन ।May be an image of 3 people

बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक र क्षेत्र ३ (क) प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टले संविधानको रक्षाका लागि गठबन्धन भएको बताउदै स्थानीय समस्या समाधानका लागि पहल गर्ने बताएका छन ।May be an image of 8 people, people sitting, people standing and outdoors

‘उम्मेदवारद्वय लेखक र भट्टले स्थानीय नागरिकका समस्या , गुनासा सुन्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन, ‘बाम लोकतान्त्रिक गठबन्धनका नेता दशरथ भण्डारीले भने, ‘राष्ट्रिय राजनीतिक परिवेस अनुरुप निर्वाचन क्षेत्रमा समेत सत्ता गठबन्धनका उम्मेदबार र नेताले नागरिका गुनासा सुन्दै मत मागिरहेका छन ।’May be an image of 8 people, people sitting, people standing and outdoors

बाम लोकतान्त्रिक गठबन्धनका अर्का नेता गोपाल गुरुङ्गले सिङ्गो देश बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा माहोल बन्दै गएकाले क्षेत्र ३ मा पनि गठबन्धनको तिव्र रुपमा प्रचार प्रसार भईरहेको बताए ।

‘हामी गठबन्धनमा आबद्ध सबै पार्टीका नेता कार्यकर्ता सहित उम्मेदवार चुनावी मैदानमा होमिएका छौँ, ‘उनले भने, ‘जनताको चाहना पनि यस पटक समावेसी संविधानको रक्षा गर्ने शक्तिलाई हेर्न चाहेका छन ।’

ताजा समाचार

सम्बन्धित समाचार