२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

पत्रकारितालाई छोडेर राजनीतिमा होमिए धिताल

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । गृह जिल्ला जुम्ला पुगेर वरिष्ठ पत्रकार मनऋषि धितालले आफू सक्रिय पत्रकारितालाई छोडेर क्रियाशिल राजनीतिमा होमिएको जानकारी दिए।

मंगलबार नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको स्वागत तथा पत्रकार भेटघाटमा पत्रकार महासंघको सदस्यता पनि राजनीतिमा हुँदासम्म नवीकरण नगर्ने प्रतिवद्धता उनले जनाए ।

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माका जनसम्पर्क सल्लाहकार समेत रहेका धितालले राजनीतिमा रहुञ्जेल आफूले माक्सवादी ज्ञान केन्द्रको आजीवन सदस्यता लिने बताए । उनले माक्सवादी शिक्षाको निरन्तर विद्यार्थी बन्ने चाहाना रहेको सुनाए ।

आफूले काठमाडौं शाखाबाट नेपाल पत्रकार महासंघको साधारण सदस्यता लिएको र अव राजनीतिमा प्रवेश गरिसकेपछि लेखकको भुमिका रहने उनले जनाए । उनले आफू गृह जिल्ला जुम्लाबाटै पूर्णकालिन राजनीतिक जीवन बिताउने घोषणा पनि गरे।

धितालको अवको आफ्नो यात्रा ४ वटा विषयमा केन्द्रीत हुने जानकारी दिए । माक्सवादी शिक्षामा थप जोड, मातृभूमिको समृद्धि तथा विकास, प्रेस स्वतन्त्रता र प्रवासी नेपालीको विषयमा जोड दिने प्रतिवद्धता जनाए ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार