Saturday, July 27, 2024

गोवर्धनपूजा को महत्व : यसको पूजा किन गरिन्छ ?

प्रकाशित:

महेन्द्रनगर । द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कार्तिक शुक्ल प्रतिपदा अर्थात् गोवर्धनपूजा बुधबार प्रातः कालमा गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ । गोवर्धनपूजालाई हलीतिहार पनि भनिन्छ ।

भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि यसको पूजा गर्ने परम्परा बसेको पुराणमा उल्लेख छ । गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत हुन दिन नहुने सन्देश पाइन्छ ।

गोवर्धनपूजाका अवसरमा देवालय तथा बाटोमा तोरण टाँग्ने र रात्रिमा पनि नाचगान गरेर, पासा आदि खेलेर रमाइलो गर्ने चलन छ । यस अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ ।

उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी खेल्ने परम्परा छ । देउसीसँगै स्थान विशेषअनुसार बालन, खैँजडी भजन गाउने चलन पनि छ ।

उत्सव गर्दै रात्रिमा बलिको पूजा गर्ने विधि पनि बताइएको छ । नेपालजस्तो पहाडी भू–भाग भएको मुलुकका लागि कृषिकर्ममा गोरु ज्यादै उपयोगी जनावर मानिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार