Saturday, July 27, 2024

दाङको घोराही फर्निचर उद्योग र सोरूमहरूमा आगलागी भएर करोडौंको क्षति

प्रकाशित:

महेन्द्रनगर । दाङको घोराही उपमहानगरपालिका-१५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा बिजुली सर्ट हुँदा आगलागी भएर करोडौंको क्षति भएको छ । सोमबार मध्यरातमा आगो लागेको थियो । एकै साथ आगो लागेपछि स्थानीय त्रसित बनेका थिए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आगलागीबाट तीन फर्निचर उद्योग, एउटा सो रूम पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले जानकारी दिए।

उनका अनुसार ‘न्यू दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग, स्टार दाजुभाइ फर्निचर उद्योगका साथै ओम प्रकृति सो रूमममा आगलागी भएको हो।

आगलागीबाट झन्डै ६ करोड ६८ लाख क्षति भएको अनुमान गरिएको एसपी वलीले जानकारी दिए । पहिला कुन उद्योगबाट आगलागी भएको हो भन्ने टुंगो लागि नसकेको र अनुसन्धान जारी रहेको एसपी वलीले बताए।

राति करिब १२ बजेतिर लागेको आगो लागेको भए पनि प्रहरीलाई १ बजेतिर मात्रै भएको एसपी वलीले जानकारी दिए।

बिहान साढे ४ बजेतिर मात्रै आगो नियन्त्रणामा आएको थियो। आगो नियन्त्रण लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय रातभर खटिएका थिए।

आगो नियन्त्रणमा लिन जिल्लाभरका वारूण यन्त्र प्रयोग गरिएका थिए। जिल्ला सदरमुकाम घोराही भएको आगजनी नियन्त्रणमा लिन घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाबाट समेत दमकल ल्याइएकाको थियो ।

त्यसका साथ आसपासमा खन्न र जेसिबीहरू पनि प्रयोग गरिएको एसपी वलीले बताए । ‘प्रहरीको सक्रियताले थप दुई करोड भन्दा क्षति जोगियो,’ उनले भने, ‘जिल्लामा उपलब्ध सबै दमकल, जेसिबी र सम्पूर्ण प्रहरी एकै साथ घटनास्थल खटाएपछि आगो नियन्त्रणमा लिन सम्भव भएको हो।’

यसैबीच गएराति भएको आगलागीका पीडितलाई राहत उपलब्ध गराउने उद्देश्यले दुई लाखको कोष स्थापना गरिएको छ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको मंगलबार बिहानै बसेको आकस्मिक बैठकले आगलागीबाट क्षति पुगेका उद्योगी तथा व्यवसायीलाई राहत दिन संघले २ लाखको कोष स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह बुढाथोकीले जानकारी दिए।

कोषमा सहयोग रकम जम्मा गर्न सम्पूर्ण उद्योगी, व्यवसायी तथा सहयोगी सबैमा संघले अनुरोध गरेको छ । (सेतोपाटी)

ताजा समाचार

सम्बन्धित समाचार