|
Tuesday, December 12, 2023

अछाममा साँझ साढे ७ बजेसम्म मात्र देउसी खेल्न पाइने

प्रकाशित:

महेन्द्रनगर । अछाममा साँझ साढे ७ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय अछामले आइतबार सूचना जारी गर्दै साँझ साढे ७ बजेसम्म मात्र देउसी भैलो खेल्न भनेको हो।

त्यस्तै तिहारको समयमा पटाका, अतिशवाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, विक्री वितरण र प्रयोग नगर्न सूचनामा भनिएको छ। सूचनाको पालना नगरे प्रचलिचत कानुन अनुसार कारबाही हुने जनाइएको छ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार