Saturday, July 27, 2024

कञ्चनपुरको बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आजदेखि सर्प दंश उपचार सेवा सुचारु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्रमा आजदेखि सर्प दंश उपचार सेवा सुचारु गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र राना, उपाध्यक्ष शान्ति नाथ लगायतका जनप्रतिनिधि र स्वास्थ्य केन्द्रको टोलीले आइतबार सर्प दंश उपचार सेवाको उद्घाटन गरेका हुन ।

सर्प तथा बिच्छी लगायतले टोकेमा तत्काल उपचारका लागि डा. रवि रोकाया सहितको टोलीले चौबीसै घण्टा सेवा प्रदान गर्ने बताए । यस अघि उक्त सेवा बेलडाँडीमा उपलब्ध नहुँदा बेलौरी, महेन्द्रनगर, धनगढी वा अन्यत्र धाउनुपर्ने बाध्यता थियो ।

अब पालिका भित्रै आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध हुँदा सेवाग्राहीहरूलाई सहज भएको गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले बताए ।

बैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजको उपचार सेवा, पोष्टमार्टम सेवा र सर्प दंश उपचार सेवा थप गरिएको बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले बताए ।

स्थानीय तहको जनप्रतिनिधि हुनु भन्दा पहिला २०७४ सालदेखि नै आफूले उठान गरेका मुद्दाहरू आफैँ निर्वाचित भई पूरा गर्न पाउँदा उपाध्यक्ष नाथले खुसी व्यक्त गरे ।

यससँगै गर्भवती तथा सुत्केरी महिलाहरूलाई पालिका भित्र निःशुल्क र पालिका बाहिर ५०५ छुटमा एम्बुलेन्स सेवा, छोरी जन्मिएमा उपाध्यक्ष कोसेली अन्तर्गत रु. ३ हजार प्रोत्साहन र तेस्रो लिङ्गी तथा अविवाहित महिलालाई एकल महिला सरह भत्ताको सुविधा उपलब्ध गराउने सम्बन्धमा गाउँपालिकाले नीतिगत निर्णय गरेको उहाँको भनाइ छ । (जनसरोकार पोष्ट)

ताजा समाचार

सम्बन्धित समाचार