Friday, April 19, 2024

काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा तिहारका लागि सजाइएको फुलमाला हटायो

प्रकाशित:

महेन्द्रनगर । काठमाण्डौं महानगपालिकाले न्यूरोडमा तिहारका लागि सजाइएको फुलमाला र गेट हटाएको छ । आइतबार बिहान महानगर प्रहरीले न्यूरोड क्षेत्रको सुन पसल, मिठाइ पसलमा सजावटको लागि बनाएको गेटसहित सजावट सामग्री हटाएको हो ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले फुटपाथमा पैदलयात्रुलाई हिंड्न अफ्ठ्यारो हुने गरी निर्माण गरिएका संरचना हटाएको बताए ।’व्यापारीले भने भित्तामा झुण्ड्याएको माला, सजावट सामग्रीसमेत हटाएको दाबी गरेको छ ।

महानगर प्रहरीले हामीले पसलमा चाडपर्वको लागि गरेको सजावट पनि उठाएर लगेको छ’, एक व्यवसायी भन्छन्, ‘चाडपर्वमा त आफ्नो पसल सजाउन पाइन्छ । तर काठमाडौं महानगरले त्यो पनि दिएन ।’

न्यूरोडका सुन व्यवसायीले बाहिर फलामका डण्डीको पुत्लासहित बनाएर, गेटले पनि हिंड्ने मान्छेलाई असहज हुनेगरी राखेपछि हामीले हटाएका छौं,’ पाण्डेले बताए , ‘चाडपर्वको बेला भीडभाड धेरै हुन्छ, यस्तै बेला अनि पसलेहरुले पसलभन्दा बाहिर संरचना बनाएपछि अरुलाई असर पर्ने भएकोले हटाएको हो । (अनलाईन खबर)

 

ताजा समाचार

सम्बन्धित समाचार