२०७९ माघ २४, मंगलवार |
Tuesday, February 7, 2023

बैतडीमा बागी जिताउन काँग्रेस वडा सभापतिको राजीनामा

प्रकाशित:

महेन्द्रनगर । बैतडीमा बागी उम्मेदवारलाई सघाउने भन्दै नेपाली कांग्रेसका वडा सभापतिले पदबाट राजीनामा दिएका छन्।  डिलाशैनी गाउँपालिका–३ का वडा सभापति सोपान सिंह बोहराले पदबाट राजीनामा दिएका हुन् ।

बोहराले प्रदेशसभा मा काग्रेसबाट बागी उठेर स्वतन्त्र उम्मेदवारी दिएका हरिमोहन भण्डारीलाई सहयोग गर्ने भन्दै बोहराले बुधबार सभापतिबाट राजीनामा दिएका हुन् ।

उनले कार्यकर्ताले भण्डारीलाई रुचाएको र डिलाशैनीमा समेत हरिमोहनको पक्षमा कार्यकर्ता रहेकोले आफूले भण्डारीलाई चुनावमा जिताउन सहयोग गर्ने भन्दै राजीनामा दिएको बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार