Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

कञ्चनपुरमा डेंगु लागेर १६ वर्षीया किशोरीको मृत्यु

प्रकाशित:

Advertisements

महेन्द्रनगर । डेंगुले बेलौरी नगरपालिका–१० की एक किशोरीको ज्यान गएको छ । बुधबार साँझ उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएकी भुडाकी १६ वर्षीया दीपा चौधरीको डेंगुका कारण मृत्यु भएको हो।

करिब दुई सातादेखि उनलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको थियो। गाउँकै मेडिकलमा उनको उपचार भइरहेको थियो। ज्वरो झनझन बढेपछि थप उपचारको लागि एक साता अघि निर्सग अस्पताल पु(याइएको आफन्तले बताए।

उपचारकै क्रममा चौधरीको बुधबार साँझ मृत्यु भएको परिवारका एक सदस्यले जानकारी दिए। चौधरी गाउँकै एक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार