Saturday, July 27, 2024

कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विस्तार गर्ने मेरो सपना होः कांग्रेस नेता लेखक

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा कञ्चनपुर क्षेत्र नं. ३ का उम्मेदवार रमेश लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विस्तार गर्ने आफ्नो सपना भएको बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विस्तार लगायत स्थानीय स्तरमा विकास निर्माणका गतिविधिहरु अगाडि बढाउने एजेण्डाका साथ नेता लेखक चुनावी माहोलमा छन् । त्रिदेशीय नाका बारे अवगत गराउदै उनले भने ‘यो ठाउँलाई दक्षिणतिर मित्रराष्ट भारतलाई जोड्ने र उत्तरतर्फ मित्रराष्ट चीनसँग जोडेर यसलाई यो देशको धेरै ठूलो व्यापारिक औद्योगिक, धार्मिक, पर्यटकीय नाकाका रुपमा यसलाई विकास गर्न सक्छौँ भन्ने मेरो विश्वास छ ।’

कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउनका लागि आफुले महाकाली नदीमा पुल निर्माण गरिसकेको, यद्यपी स्वंम मन्त्री भएको बेला टेन्डर गरेर निर्माणको काम प्रारम्भ गरेको नेता लेखक बताउछन् ।

‘त्यसको भएको हुनाले यो पुल निर्माणको काम त्यही त्रिदेशीय नाका बनाउनका लागि हो र दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने, महाकाली नदीमा पुल बनिसकेको छ, अनि सुख्खा बन्दरगाहसम्म मित्रराष्ट भारतले पनि आफ्नो सडक जोड्छ र महाकाली किनारकिनार सडक निर्माण गरेर चीनको तिव्वतलाई जोड्छौँ र यो नेपाल भारत र नेपाल चीनका बिचमा सबभन्दा ठूलो नाकाका रुपमा विकास हुन्छ ।’ कांग्रेस नेता लेखकले भने ।

ताजा समाचार

सम्बन्धित समाचार