Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

डडेल्धुरामा विपी कांग्रेससँगको तालमेल तोड्न समाजवादीलाई निर्देशन

प्रकाशित:

Advertisements

काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय समितिले विपी कांग्रेससँग गरेको तालमेल तोड्न डडेल्धुरा कमिटीलाई निर्देशन दिएको छ।

केन्द्रमा भएको सहमति विपरीत डडेलधुरा प्रदेश सभा ९२० मा डा। ताराप्रसाद जोशीले उम्मेदवारी दिएका थिए। जिल्ला कमिटीले विपी कांग्रेससँग तालमेल गरेको थियो।

यो सहमतिअनुसार एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका कांग्रेस विपीका कर्ण मल्ललाई र प्रदेशसभा ९२० मा विपी कांग्रेसले जोशीलाई सघाउनुपर्ने थियो। तर एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले २४ घण्टाभित्र उम्मेदवारी निष्क्रिय बनाउन केन्द्रीय सदस्य जोशीलाई निर्देशन दिए।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार