महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर नमुना मावि (साधारण) मा पुर्व विद्यार्थीको भेला हुने भएको छ ।

आउँदो शनिबार (२९असोज) मा महेन्द्रनगर नमुना मावि (साधारण)मा पुर्व विद्यार्थीको भेला हुने भएको हो ।

भीमदत्त नगरपालिका १८ कटान स्थित विद्यालयकै प्राङगणमा बिहान भेला हुने भएको छ ।

महेन्द्रनगर मावि(साधारण)का शिक्षक विष्णूदत्त भट्टले विद्यार्थीमा अध्ययन गरिसकेका पुर्व विद्यार्थीका सहभागितामा भेला हुने बताए।
शिक्षक भट्टका अनुसार पुर्व विद्यार्थीको भेलाबाट तदर्थ समिति गठन हुनेछ । भेला व्यवस्थित पार्नका लागि शिक्षक देवराज भट्टको संयोजकत्वमा प्रचारप्रसार समिति र सहायक प्रअ सरस्वती धामी(भाटट्ट)को व्यवस्थापन उप समिति गठन गरिएको छ ।
महेन्द्रनगर नमुना माविका अध्यक्ष बिरेन्द्रराज विष्टले विद्यालयको थप संस्थागत विकासका लागि पुर्व विद्यार्थीको भेला आयोजना गरिएको बताए ।
उक्त विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थी अहिले देशका महत्वपूर्ण जिम्मेबारी छन ।