कैलालीमा १० लाखको ७ वटा मोटरसाइकल बरामद

प्रकाशित:

महेन्द्रनगर ।  कैलालीमा प्रहरीले १० लाख मुल्य बराबरका ७ वटा मोटरसाइकल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहत इलाका प्रहरी कार्यालय सडकपुर कैलालीबाट खटिएको प्रहरी टोलीले सडकपुरका बिभिन्न स्थानहरुबाट ७ वटा मोटरसाईकल अन्दाजी १० लाख मुल्य बराबरका बरामद गरीएको जनाएको छ।

उक्त मोटरसाइकल आवश्यक कारबाहीको लागि सत्ती भन्सार कार्यालय कैलालीमा बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार