शोभा पाठकको निवेदनबारे प्रहरी भन्छ- अदालतको आदेशअनुसार हुन्छ

प्रकाशित:

काठमाडौं । एमाले सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दिएको निवेदन तत्काल कार्यान्वयन नहुने प्रहरीले बताएको छ । पाठकले बस्नेतलाई पक्राउ गर्नुपर्ने मागसहितको निवेदन लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुगेकी छिन् ।परिसर प्रमुख एसएसपी रमेश थापाले उनीहरुको मुद्दा अदालतमा विचाराधीन रहेको स्थितिमा कसैलाई पनि पक्राउ नगरिने बताए ।

‘अदालतको आदेश आएपछि त्यसैअनुसार हुन्छ’, उनले भने । पाठकले बस्नेतविरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दा सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको छ । त्यसका विरुद्ध पाठक उच्च अदालत गएकी थिइन् ।

उच्च अदालतले हालसम्म केही पनि आदेश दिएको छैन । उक्त आदेश नआएसम्म केही गर्न नसकिने थापाले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार