काठमाडौँ । प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले कडा असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सांसद ढकालले यस निर्णयलाई ‘नातावाद र कृपावाद’ को संज्ञा दिएका हुन्।

सांसद ढकालले प्रधानमन्त्रीले मुलुकलाई निकास दिन भूमिका खेलेकोमा सम्मान व्यक्त गर्दै जाँदाजाँदै भएका यस्ता ‘गल्ती’ सच्याउन आग्रह गरेकी हुन्। “न कुनै विज्ञता, न अनुभवस मात्र प्रधानमन्त्रीको स्वकीय सचिव हुनुका आधारमा प्रकृति संरक्षण कोष जस्तो जिम्मेवार निकाय सुम्पिन मिल्छ ररु” भन्दै उनले प्रश्न गरेका हुन् ।

उनले यो निर्णयले आगामी दिनमा आउने नेतृत्वलाई समेत काम गर्न अप्ठ्यारो पार्ने बताएका छन्। “अब हुने प्रधानमन्त्रीले देश कायापलट गर्छु, विज्ञ मान्छे राख्छु भन्दा पनि पहिलेको नजिरका कारण गाह्रो हुने देखिन्छ,” ढकालले भनेका छन् , “५ वर्षसम्म नै यो निर्णय बालेन, रवि र हाम्रा लागि तगारो बन्ने देखिन्छ।”

राजनीतिमा नातावाद र कृपावादको अन्त्य हुनुपर्नेमा जोड दिँदै ढकालले प्रधानमन्त्रीलाई आफ्नो निर्णय सच्याएर उदारता देखाउन आग्रह गरेका छन्। उनले विज्ञता र योग्यताका आधारमा मात्र यस्ता महत्वपूर्ण निकायमा नियुक्ति हुनुपर्ने धारणा राखेका हुन् ।


