काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको छ । उनलाई अध्यक्षबाट हटाएको जानकारी नाउपाले निर्वाचन आयोगसमक्ष गराएको छ ।पार्टीको अनुशासन नमानेको आरोप उनीमाथि संरक्षक रेशमलाल चौधरीसहितले लगाएका छन् । पार्टी बैठक डाक्न छाडेर विधानविपरीत शिवप्रसाद बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि रञ्जितालाई हटाएको हो ।

रञ्जितालाई अध्यक्षबाट हटाउन प्रमुख संरक्षक रेशमलाल चौधरीले नै पहलकदमी लिएका थिए । उनले रञ्जितालाई पार्टी बैठक डाक्न पनि दबाब दिएका थिए ।हटाउनुअघि रामलाल डगौरा थारु संयोजक रहेको अनुशासन समितिले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

रञ्जिताले त्यो स्पष्टीकरणको अहिलेसम्म जवाफ दिएकी छैनन् । आफूलाई अध्यक्षबाट हटाएकोबारे रञ्जिताले भनाइ सार्वजनिक गरेकी छैनन् ।
