गणेश ठाडा मगर सशस्त्र प्रहरीको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित:

काठमाडौँ । मन्त्रिपरिषद्ले गणेश बहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एकजना मन्त्रीले बताए ।जेठ १५ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी नेतृत्वको बढुवा समितिले उनलाई डीआईजीबाट एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी)गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो ।

ताजा समाचार

सम्बन्धित समाचार