कञ्चनपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तिटोल निवासी ५० वर्षीय कालु सुनारलाई उनकी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, शनिबार राति सुनारले श्रीमती जुनादेवीको घाँटी थिचेर हत्या गरेको भन्ने जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

घटना पश्चात् गम्भीर घाइते भएकी जुनादेवीलाई कैलालीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो जहाँ उनको उपचारको क्रममा निधन भएको थियो।

प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालय कैलालीको सहकार्यमा शनिबार राति ३ बजे धनगढीस्थित ट्राफिक चोकबाट उनलाई पक्राउ गरिएको हो।

प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले घटनाको थप अनुसन्धान जारी रहेको बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार