कञ्चनपुरका डीएसपी उमेश जोशीको सरुवा, सागर बोहरा नयाँ जिम्मेवारीमा

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीको सरुवा गरिएको छ। हालै सम्पन्न प्रहरी सरुवासँगै उनलाई नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, प्रशिक्षण व्यवस्थापन शाखा, जर्गाह, पश्चिम नवलपरासीमा कार्यरत हुनेछन् ।

साथै, डीएसपी जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय, आतंकवाद प्रतिरोध संयन्त्र सचिवालय, नक्साल, काठमाडौंमा काजमा पनि खटाइएको छ ।

उनको स्थानमा कञ्चनपुर जिल्लाको डीएसपीको जिम्मेवारी अब सागर बोहराले सम्हाल्ने भएका छन्। बोहरा यसअघि इलाका प्रहरी कार्यालय राजपुर, बर्दियामा कार्यरत थिए।

ताजा समाचार

सम्बन्धित समाचार