डेंगी संक्रमणले लियो कृषि वैज्ञानिकको ज्यान

प्रकाशित:

धनकुटा। धनकुटास्थित पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डा। कृष्ण पौडेलको डेंगी संक्रमणका कारण निधन भएको छ ।

पौडेलको मोरङको विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केही दिनदेखि ज्वरो आएपछि धनकुटा जिल्ला अस्पताल पुर्‍याएकामा अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।

प्रतिष्ठानपछि विराट नर्सिङ होममा उपचारका लागि भर्ना गरिएकामा मंगलबार साँझ उनको निधन भएको हो ।

पौडेल अनुसन्धान केन्द्रमा वैज्ञानिक अधिकृत तथा सूचना अधिकारीका रुपमा कार्यरत थिए । फलफूल विशेषज्ञ रहेका पौडेल पाख्रीबास नगरपालिका–३ चेतनामार्गका स्थायी बासिन्दा हुन् ।

उनका दुई सन्तान तथा श्रीमती शर्मिला सापकोटा छन् । उनको शव कृषि अनुसन्धान केन्द्र पाख्रीबासमा राखी अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार