अण्डाको मूल्य वृद्धि

प्रकाशित:

बजारमा अण्डाको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ। व्यवसायीहरूको अनुसार, मागअनुसारको उत्पादन नहुँदा अण्डाको मूल्यमा वृद्धि भएको हो। हालको मूल्यसूची अनुसार, किसानहरूले मध्यम अण्डा ४४०, ठूलो अण्डा ४५५, र एक्सेल अण्डा ४७० रूपैयाँ पाएका छन्। एक हप्ता अघि यी मूल्यहरू क्रमशः ३९५, ४२५, र ४०० रूपैयाँ थिए।

उपभोक्ताहरूलाई पनि अण्डाको मूल्यमा वृद्धि अनुभव भइरहेको छ। अहिले उपभोक्ताले मध्यम आकारको अण्डाको लागि ४९०, ठूलो अण्डा ५२०, र एक्सेल अण्डाको मूल्य ५३० देखि ५४० रूपैयाँ तिर्नुपर्छ।

लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक दिपक कुँवरका अनुसार, आकार अनुसार मूल्य फरक हुने र खुद्रा मूल्य होलसेलको तुलनामा अलि सस्तो हुने कुरा बताए। यदि मागअनुसार उत्पादन नहुन जारी रह्यो भने, अण्डाको मूल्य अझै बढ्न सक्ने उनको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार