महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मन्त्रीको नाम टुंगो लगाएको छ ।
एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री तथा निर्मला साउदलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएको एक नेताले बताए ।
यसबारे आधिकारिक निर्णय भने सोमबार दिउँसो २ बजे बस्ने संसदीय दलको बैठकले गर्नेछ ।एमालेले मन्त्री बनाउन लागेका प्रदेश सभा सदस्यहरू यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा सहभागी थिए ।सुदूरपश्चिममा एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा काननु मन्त्रालय लिने सहमति भएको एक नेताले बताए ।
नेपाली कांग्रेसले आर्थिक मामिला र सामाजिक विकास मन्त्रालय तथा नागरिक उन्मुक्ति पार्टीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिने सहमति भइसकेको छ ।सोमबार दिउँसो साढे ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ ग्रहण गर्दैछन् । सोमबार नै उनले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।