जमुना गाईभैँसी कृषक समुहका सल्लाहकार रानाले म माथि लगाएका आरोप सबै झुटा हुन : उपाध्यक्ष नाथ

प्रकाशित:

महेन्द्रनगर । बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले आफुमाथि जमुना गाईभैसी पालक कृषक समुहले लगाएका सबै आरोप झुटा भएको बताएकी छिन । बेलडाँडी गाँउपालिका ३ कमरी स्थित जमुना गाईभैसी पालक कृषक समुहका सल्लाहकार हरिकिशन रानाले आफुमाथि लगाएका आरोपमा कुनै सत्यता नभएको बताएकी हुन ।

बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले आफुमाथि कुनै गिरोह राजनीतिक रुपमा प्रवाह गर्न खोजिरहेका बेला समुह मतियार मात्रै बनेको दावि गरिन् । बुधबार जमुना गाईभैसी पालक कृषक समुहका सल्लाहकार रानाले महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर उपाध्यक्ष नाथ माथि नक्कसी भैसी खडा गर्न, हाकिमका लागि १२ लाखको चेक मागेको र आफ्ना लागि ४लाख मागेको आरोप लगाएका थिए । उक्त तीनै आरोपमा उपाध्यक्ष नाथले कुनैपनि आरोप सत्य र हुँदै नभएको विषय भएको दावि गरेकी छिन ।

यो योजना ल्याउन र कार्यान्वयनमा हामीले भूमिका निर्वाह गरे, शुरुमै खोर बनाउन आफन्तले समुहलाई सहयोग गरेको हो, त्यसपछि भैसी खोज्नमा पनि हामीले सहयोग गरे तर आज आएर उल्टै मेरो राजनीति, पदीय जिम्मेबारीमाथि आच्छेप लगाउने काम भयो ।’ पाँच भैसीको रकम र सापटी लिएको रकम तिर्न छाडेर राना भागिरहेको बताउँदै उपप्रमुख नाथले तिर्नुपर्ने पैशा तिर्नका लागि तयार नहुने बहानाबाजी गरेर आरोपमाथि आरोप लगाईरहेको बताए । ‘यो प्रकरणमा आफुमाथि आरोप लगाएर पानीमाथिको ओभानो बन्न खोजियो, ‘उनले भने, ‘सापटी लिएका व्यक्ति र भैँसी खरिद गरेका व्यक्तिलाई रकम तिर्न छाडेर राना आरोप लगाउँदै हिडेका छन, यो सरासर गलत हो ।’

अब राना बिरुद्धमा सापटी दिएका व्यक्ति, किसानले पैशा फिर्ता र भुक्तानी नपाएको विषयमा उजुरी गर्न थालेपछि आफु बिरुद्धमा उनी जथाभावि आरोपमा उत्रिएको बताए । पत्रकार सम्मेलनमा जमुना गाईभैसी पालक कृषक समुहका सल्लाहकार हरिकिशन रानाले शुरुमा नक्कली भैँसी भाडामा ल्याएर राखिएपनि पछी खरिद गरिएका सबै भैसीको भुक्तानी गरिसकेको र खोर बनाउन कसैसंग पनि सापटी रकम नमागेको दावि गरेका छन ।

 

ताजा समाचार

सम्बन्धित समाचार