कञ्चनपुरको पुनर्वास स्थित प्यारातालमा माछाको प्रतिमा प्रतिस्थापन

प्रकाशित:

पुनर्वास । कञ्चनपुरको पुनर्वास स्थित प्यारातालमा माछाको प्रतिमा प्रतिस्थापन गरिएको छ ।जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वासनगरपालिका–९, बीचफाँटा स्थित प्याराताल परिसरमा पर्यटन प्रबद्र्धनका लागि माछाको प्रतिमा प्रतिस्थापन गरिएको हो ।

नागरिकद्वारा स्वःस्फुर्त रुपमा जुटेको आर्थिक सहयोगबाट निर्मित उक्त प्रतिमालाई आज सुदूरपश्चिम प्रदेश सभा सदस्य बिधायन समिति सभापति दिवानसिंह बिष्ट र प्रदेशसभा सदस्य लेखा समिति सभापति वीरबहादुर थापाको संयुक्त करकमलद्वारा प्रतिस्थापन गरिएको छ ।

तालको प्रचारप्रसार र भौतिक संरचना निर्माणका लागि अहिले नागरिक स्तरबाट पहल तीब्र चलिरहेको प्याराताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्रकुमार बस्नेतले बताए ।

“तालको पर्यटन विकासका लागि शुरु गरिएको अभियानमा नागरिकहरुद्वारा स्वःस्फुर्त रुपमा आर्थिक सहयोग जुट्ने कार्य तीब्र चलिरहेको छ ।” उनले भने “जैविक हिसावले सुदूरपश्चिम पश्चिमकै उत्कृष्ट ताल प्रचार प्रसार र आवश्यक पुर्वाधार निर्माण हुन नसक्दा ओझेलमा परेको थियो ।”

ताल परिसरमा राख्न गोही, मयुर, जरायो र पाटेबाघको प्रतिमा निर्माणको काम आरम्भ भइरहेको छ भने हालसम्म ओद, पहेँलो धुरे प्रजातिको कछुवा, माछा, आकर्षक सेल्फी स्पट र वाटर फाउन्टेनको जग निर्माणको काम सम्पन्न भइसकेको छ ।

गत असार २६ गतेदेखि नागरिक स्तरबाट ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियानको थालनी भए पनि यसका सूत्रधार अध्यक्ष बस्नेत हुन् । अध्यक्ष बस्नेत पुनर्वासका अग्रजबृत्तका एक क्षमतावान पत्रकार पनि हुन् ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार