भीमदत्त नगरका हेडसरहरुको अध्ययन भ्रमण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीामदत्त नगरपालिका सामुायिक विद्यालय प्रद्यानाध्यापक९हेडसरहरु०को अध्ययन भ्रमण सकिएको छ । चालु आर्थिक बर्षमा भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि एक हप्ते अध्ययन भ्रमण गराएको हो ।

नेपालका विभिन्न जिल्लाहरुमा शैक्षिक अवस्थाको अध्ययन भ्रमण सकेर बुधबार हेडसरहरुको भ्रमण टोली महेन्द्रनगर पुगेको छ। भीमदत्त नगरपालिका १४ बनकट्टी स्थित शान्ति आधारभूत विद्यालयका प्रद्यानाध्यापक उत्तम विष्टले नगरपालिकाले आयोजना गरेको अध्ययन भ्रमण सकिएको बताए ।

प्रअ विष्टका अनुसार भ्रमण अध्ययन समितिका संयोजक समेत रहेका निङलाशैनी माविका प्रअ भवानी प्रशाद पन्तले भ्रमण आयोजक भीमदत्त नगरपालिका, सहभागि सबैप्रति आभार प्रकट गरेका छन । भ्रमण दलका सदस्य सचिव समेत रहेका भीमदत्त नगरपालिका शिक्षा शाखा प्रास दिपेन्द्र विष्टले भ्रमणबाट सिकेका शिक्षा सुधार आ–आफ्नो विद्यालयमा गर्न आब्हान गरेका छन ।

भ्रमणमा सहभागि प्रअहरुले पहिलो पटक अपर मुस्ताङ्गको लोमन्थाङ्गसम्मको साहसिक यात्रा सहित विभिन्न जिल्लाका नमुना विद्यालयमा भ्रमण गरिएको बताउँदै केही सिकाई भएको अनुभव व्यक्त गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार