महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले आज (शनिवार) पनि विश्वासको मत नपाउने पक्कापक्की भएको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल पार्टी नेतृत्व संग सल्लाहकालागि काठमाडौं हिंडेपछि मुख्यमन्त्री सोडारीले आज विश्वासको मत नपाउन सक्ने देखिएको छ ।

हिजो (शुक्रबार) साँझ ५ बजे नै मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरेका थिए । यद्यपी नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी लगायतका दलले विश्वासको नदिने अडान राखेपछि लिएपछि हिजोको प्रदेश सभाको बैठक स्थगित गरिएको थियो ।

नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावल लगायतका नेता पार्टी अध्यक्ष मण्डल संग सल्लाहका लागि भन्दै शनिबार बिहानै काठमाडौं हिंडेका हुन् । तसर्थ मुख्यमन्त्री सोराडीलाई आजपनि विश्वासको मत जुटाउन सकस परेको छ ।


